नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरूले प्रतिनिधिसभा विघटन विरुद्धको संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेस तयार रहेको दाबी गरेका छन् ।
सोमवार बसेको केन्द्रीय समिती बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमार्फत नै प्रतिनिधिसभा पुनःस्थापना गर्ने बताए ।
संयुक्त आन्दोलनका लागि सोमवार मात्र कांग्रेससँग वार्ता भएको र आन्दोलनका लागि कांग्रेस तयार भएको प्रचण्डले ब्रिफिङ गरेका थिए ।
‘नेकपा विभाजन नै नभएको भनेर कांग्रेस आन्दोलनमा आउन तयार ...