शीतलहरबाट जनजीवन अस्तव्यस्त

बारा । केही दिनदेखि चलिरहेको शीतलहरले बारमा अत्यधिक जाडो बढन थालेपछि जिल्लाका जनजीवन प्रभावित बनेको छ । गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ । ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कँदा हाटबजार, सरकारी कार्यालय, यतायात समेतमा चलहपहल कम देखिएको छ । यही माघ १५ गतेसम्म विद्यालय कोभिडका कारण बन्द हुने बताइएको छ । त्यसैगरी मधेस प्रदेशको नामकरण भएको खुसीयालीमा प्रदेश सरकारले दुई दिन बिदा दिएकाले कर्मचारीले जडोबाट केही राहत महसुस गरेका छन् । अत्यधिक जाडो बढेपछि सर्वसधारणले ठाउँठाउँमा आगो बालेर जाडो छल्ने गरेका छन् भने जिल्लाका १६ स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिले न्यानो कपडा कम्बल वितरण गर्दै ठाउँ ठाउँमा आगो ताप्ने प्रबन्धसमेत मिलाएको सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशंकर यादवले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

काठमाण्डौमै तराईको झल्को दिने गर्मी, तराईको जनजीवन अस्तव्यस्त

काठमाण्डाै – एक हप्तायता देशभर गर्मी बढ्दो क्रममा रहेको छ । राम्ररी हावा नचल्दा र पानी नपरेकाले गर्मी बढेको हो । पानी पार्ने न्यून चापीय रेखा नेपालबाट टाढा रहेकाले एक हप्तायता देशभर गर्मी बढ्दा नागरिकको जनजीवन प्रभावित भएको छ । तराई क्षेत्रको जनजीवन गर्मीले अझ अस्तव्यस्त भएको छ । अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काठमाण्डौ उपत्यकासहितका पहाडी क्षेत्रमा अत्यधिक गर्मी महसुस भएको छ । काठमाण्डौका बासिन्दाले तराईको झल्को दिने गरी गर्मी बढेको बताएका छन् । गर्मीका कारण दैनिक कामका लागि घरबाहिर निस्कन पनि समस्या भएको छ । बजारमा मा...

गर्मीले महोत्तरीको जनजीवन अस्तव्यस्त, अस्पतालमा बिरामी बढे

महोत्तरी मध्य असारयता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। महोत्तरीमा अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ। सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन्। जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ।दिनहुँ उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक डा. प्रदीपकुमार साहले बताए।  बिरामीहरूमा अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र जिउ दुख्ने समस्या बढी छ। पसिना अत्यधिक आउने तर पर्याप्त पानी नपिउँदा&

गर्मीले जनजीवन अस्तव्यस्त

मध्य असारयता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन् । जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ । दिनहुँ उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक डा प्रदीपकुमार साह बताउछन् ।मौसम परिवर्तन हुँदा बिरामीको सङ्ख्या बढेको उहाँ बताउछन्। अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र जिउ दुख्ने समस्या बढी छ । पसिना अत्यधिक आउने तर पर्याप्त पानी सेवन नगर्दा  बिरामी हुने क्र

अविरल वर्षाले झापाको जनजीवन अस्तव्यस्त, ८३४ परिवार विस्थापित

झापा : अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। जिल्लाभर वर्षाका कारण डुबान र कटानले ८३४ घर परिवार विस्थापित भएका हुन्।कनकाई, रतुवा, बनियानी, दमुना, अदुवा, मक्करडुब्बा, ढ्याग्री खोला तथा पैनीबाट जनजीवन प्रभावित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।रेडक्रसको तथ्याङ्क अनुसार खोल्साको पैनी भद्रपुर नगरपालिका ८ स्थित सुकुम्वासी बस्तीमा पसेपछि त्यहाँका २६ घरका १३२ जना विस्थापित भएका छन्।शिवसताक्षी नगरपालिका ४ स्थित सुकुम्वासी बस्तीमा कनकाई नदीको पानी पसेपछि ३३ घरका

भारतमा गर्मीले जनजीवन अस्तव्यस्त, एसी मेशिन बिक्रीमा नयाँ रेकर्ड

भारतमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । कैयाैँ राज्यमा तापक्रम ४२ डिग्री सेल्सियल्स भन्दामाथि पुगेको रोयटर्सले जनाएको छ ।  मुम्बई, दिल्ली, केरला, वाराणसी, अमृतसर, अमदाबाद, बेङ्ग्लोर, कोलकाता लगायतका सहरको जनजीवन गर्मीले अस्तव्यस्त बनाएको छ । ठाउँ–ठाउँमा सडकको कालोपत्रे नै पग्लिएको र चराहरू मर्न थालेका खबरमा उल्लेख छ । बढ्दो गर्मीसँगै खानेपानीको अभाव हुँदा रेलले टाढा टाढाबाट पानी बोकेर माग पूरा गरिरहेका छन् । तातो हावाका कारण मानिसहरू घरबाहिर निस्कन मुस्किल परिरहेको छ ।  भारतले विभिन्न सहरम...

बाढीले जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या

यही कात्तिक १ गतेदेखि आएको अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीले कैलालीको पूर्वी भेगमा ठूलो क्षति पुर्याएको छ । कैलालीको पूर्वी भेग टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण हजारौँ नागरिक विद्यालय तथा उच्च ठाउँका घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् भने बर्दिया …

वर्षाका कारण महाराष्ट्रमा जनजीवन अस्तव्यस्त

एजेन्सी । लगातारको वर्षाका कारण भारतको महाराष्ट्रमा जनजीवन अस्तव्यस्त भएको छ । वर्षासँगै महाराष्ट्रको विभिन्न ठाउँमा घर र पर्खाल भत्किँदा १५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । उद्धारकर्ताहरू प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाराष्ट्रका विभिन्न ठाउँ जलमग्न भएका छन् । स्थानीय रेल सेवा ठप्प भएको छ […]

अविरल वर्षाले धनुषा जलमग्न, जनजीवन अस्तव्यस्त

बुधबार रातिदेखिको अविरल वर्षाले धनुषाको जनजीवन अस्तव्यस्त बनेको छ । धनुषाका एक दर्जन गाउँ डुबानमा परेका छन् । कमला र जुडेखोलामा आएको बाढीले उत्तरी र पूर्वी धनुषाका गाउँहरूको दर्जनभन्दा बढी...