झापा : अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। जिल्लाभर वर्षाका कारण डुबान र कटानले ८३४ घर परिवार विस्थापित भएका हुन्।कनकाई, रतुवा, बनियानी, दमुना, अदुवा, मक्करडुब्बा, ढ्याग्री खोला तथा पैनीबाट जनजीवन प्रभावित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।रेडक्रसको तथ्याङ्क अनुसार खोल्साको पैनी भद्रपुर नगरपालिका ८ स्थित सुकुम्वासी बस्तीमा पसेपछि त्यहाँका २६ घरका १३२ जना विस्थापित भएका छन्।शिवसताक्षी नगरपालिका ४ स्थित सुकुम्वासी बस्तीमा कनकाई नदीको पानी पसेपछि ३३ घरका