महोत्तरी मध्य असारयता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। महोत्तरीमा अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ। सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन्। जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ।दिनहुँ उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक डा. प्रदीपकुमार साहले बताए। बिरामीहरूमा अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र जिउ दुख्ने समस्या बढी छ। पसिना अत्यधिक आउने तर पर्याप्त पानी नपिउँदा&