मध्य असारयता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन् । जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ । दिनहुँ उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक डा प्रदीपकुमार साह बताउछन् ।मौसम परिवर्तन हुँदा बिरामीको सङ्ख्या बढेको उहाँ बताउछन्। अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र जिउ दुख्ने समस्या बढी छ । पसिना अत्यधिक आउने तर पर्याप्त पानी सेवन नगर्दा बिरामी हुने क्र