काठमाण्डाै – एक हप्तायता देशभर गर्मी बढ्दो क्रममा रहेको छ । राम्ररी हावा नचल्दा र पानी नपरेकाले गर्मी बढेको हो । पानी पार्ने न्यून चापीय रेखा नेपालबाट टाढा रहेकाले एक हप्तायता देशभर गर्मी बढ्दा नागरिकको जनजीवन प्रभावित भएको छ ।
तराई क्षेत्रको जनजीवन गर्मीले अझ अस्तव्यस्त भएको छ । अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काठमाण्डौ उपत्यकासहितका पहाडी क्षेत्रमा अत्यधिक गर्मी महसुस भएको छ । काठमाण्डौका बासिन्दाले तराईको झल्को दिने गरी गर्मी बढेको बताएका छन् । गर्मीका कारण दैनिक कामका लागि घरबाहिर निस्कन पनि समस्या भएको छ । बजारमा मा...