सिके राउत नेतृत्वको जनमत पार्टीले आफूहरुको आन्दोलनमा जनता समाजवादी पार्टी नेपालले घुसपैठ गरी गौर-टीकापुरजस्तै घटना गराउने योजना बनाएको आरोप लगाएको छ । जसपा नेपालका धनुषा अध्यक्ष पशुपति यादव र युवा नेता नविन यादवलाई त्यसको लागि खटाइएको अडियो प्रमाण आफूहरुसँग रहेको समेत सिके राउतको सचिवालयले जनाएको छ । उक्त अडियो टेप प्रमाणको रुपमा प्रहरीलाई बुझाइएको पार्टीका नेता दीपक साहले बताए । जनमत पार्टीको आधिकारिक फेसबुकमा लेखिएको छ, ‘२०७८ कात्तिक ५ गते शुक्रबार जसपाको धनुषा बैठकबाट आधिकारिक रूपम