वीरगञ्ज- रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ। ४०० मत गणना हुँदा गौर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहले २७२ मतसहित सुरुवाती अग्रता बनाएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार अजय कुमार गुप्ताले ६५ मत ल्याएका छन्। नेपाली कांग्रेसका मोहन कुमार यादवले ४१ मत प्राप्त गरेका छन्।