माधव नेपालले गौर र झलनाथले सुर्योदयबाट मतदान गर्ने

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।एकीकृत समाजवादीले बिहीबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार शुक्रबार हुने स्थानीय तह निर्वाचनमा अध्यक्ष नेपालले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । यसैगरी इलामको सुर्योदय नगरपालिका– ९ को मतदाता रहेका नेता झलनाथ खनालले करफोकस्थित करफोक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।  

सम्बन्धित सामग्री

माधव नेपाल दम्पत्तिले गरे मतदान

काठमाडौं, ४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । उनले रौतहटको गौर क्षेत्र नं १ श्री राम जानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । अध्यक्ष नेपालसँगै उनकी धर्मपत्नी गायत्री आचार्यले मतदान गरेकी हुन् । उनी सत्ता गठबन्धनबाट आफ्नो पार्टीका उम्मेदवार हुन् ।

माधव नेपाल र प्रभु साहले रौतहटबाट गरे मतदान

रौतहट : नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन्। गृह जिल्ला रौतहटको गौर नगरपालिका वडा २ स्थित श्रीराम जानकी कन्या आधारभूत विद्यालयमा रहेको केन्द्रबाट नेपालले मतदान गरेका हुन्।नेपाल गौर नगरपालिका वडा-२ का  मतदाता हुन्। अध्यक्ष नेपालले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका माधव नेपाल रौतहट क्षेत्र नं–१ का गठबन्धनको साँझा उम्मेदवार हुन्।उनीसँगै श्रीमती गायत्री नेपालले पनि मतदान गरेकी छन्। यस्तै पूर्व मन्त्री प्रभु शाहले मतदान