प्रतिकूल समयमा पनि कसरी कमाउँछन् वारेन बफेटले नाफा ? ह्याथवेको नगद सञ्चिति १ खर्ब ३० अर्ब डलर

काठमाडौं । लगानी गुरु भनेर चिनिने अमेरिकी व्यापारी वारेन बफेट (Warren buffet) को कम्पनी बर्कशायर ह्याथवे (Berkshire Hathaway) को मुनाफा बढेको छ । बीमा व्यवसायमा सुधार आएसँगै बफेटको व्यापारिक समूहको मुनाफा पनि बढेको हो ।  यस वर्षको पहिलो त्रैमासमा कम्पनीले कुल ८ अर्ब ५ करोड डलर सञ्चालन मुनाफा गरेको छ । यो गत वर्षको सोही अवधिको भन्दा १२ दशमलव ६ प्रतिशत धेरै हो । सन् २०२२ को जनवरी–मार्च त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा ७ अबर्ए १६ करोड डलर थियो । बीमा व्यवसाय (Insurance Business)को मुनाफा ह्वात्तै बढ्दा समग्रमा सञ्चालन मुनाफा बढेको बताइएको छ । समीक्षा अवधिमा कम्पनीको नगदको थुप्रो झनै बढेको छ । गएको वर्षको अन्तिम त्रैमासमा १ खर्ब २८ अर्ब डलरबाट नगद सञ्चिति समीक्षा अवधिमा बढेर १ खर्ब ३० अर्ब ६१ करोड डलरमा पुगेको छ । कम्पनीले ४ अर्ब ४० करोड डलर बराबरको शेयर बाइब्याक गरेको छ । यो सन् २०२१ को पहिलो त्रैमासयताकै सबैभन्दा ठूलो शेयर बाइब्याक हो ।  सो अवधिमा कम्पनीले ३५ अर्ब ५० करोड डलर खूद मुनाफा कमाएको छ । अल्पकालीन अवधिको लाभ समेत समावेश गरिने भएकोले खूद मुनाफा धेरै देखिने गरेको छ । यो एक वर्ष अघिको सोही अवधिको भन्दा ६ गुणाभन्दा धेरै हो । शुक्रवार बजार बन्द हुँदासम्म बर्कशायरको 'क' वर्गको शेयरको भाउ ४ दशमलव ९ प्रतिशतले बढेको छ । तर अहिले शेयर कीर्तिमानी स्तरभन्दा ३ प्रतिशत तल छ । एजेन्सी

सम्बन्धित सामग्री

इन्जुरी समयमा पोखरा भाग्यमानी

स्ट्राइकर मोसेस ग्याबाहले खेलको अन्तिम इन्जुरी समयमा गरेको एक मात्र गोलको सहयोगमा पोखरा थन्डर्स दोस्रो संस्करणको नेपाल सुपर लिगको प्ले अफमा पुगेको छ । प्ले अफमा स्थान पक्का गर्ने पोखरा पहिलो...

डुवानाद्वारा व्यक्तिगत समयमा सुधार

नेपालकी डुवाना लामाले जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छन्।...

कुन समयमा कति खाने ?

हामीलाई स्वस्थ र तन्दुरुस्त राख्न खानपानको महत्वपूर्ण भूमिका हुन्छ । तर, कुन समयमा कति खाने भन्ने नै धेरैलाई थाहा छैन । स्वस्थ र फिट रहन हाम्रो भोजनमा क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेड, चिल्लो पदार्थलगायतको...

के रातको समयमा पनि विमानमा चरा ठोक्किन सक्छ?

फ्लाई दुबईको काठमाडौंबाट उडेको विमानमा रातीको समयमा चरा ठोक्किएर इन्जिनमा आगो लागेको घटनाबारे धेरैले यो प्रश्न उठाइरहेका छन् कि के रातको समयमा पनि विमानमा चरा ठोक्किन सक्छ? खासगरी फ्लाई दुबईले चरा ठोक्किएका कारण आगो लागेको बताएपछि यसबारे आशंकाहरु उब्जिएका हुन् । हो, रातीको समयमा पनि विमानमा चराहरु ठोक्किन सक्छन् । धेरै जसो चरा ठोक्किने घटना […]

ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल अन्तरगत ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ । दोहास्थित एजुकेशन सिटी स्टेडियममा भइरहेको खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समयमा पुगको हो । खेलमा दुवै टोलीले गोलका सुन्दर अवसर बनाए पनि गोल भने गर्न सकेनन् । अतिरिक्त समयमा पनि दुवै टोली बराबरी […]

स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत जारी मोरक्को र स्पेनबीचको खेल अतिरिक्त समयमा गएको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो । अतिरिक्त समयमा पनि बराबर भएमा खेल पेनाल्टी सुटआउटमा जानेछ ।आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेलमा मोरक्को र स्पेनले निर्धारित समयमा बराबरी खेलेर खेल अतिरिक्त समयमा धकेलिएको छ । एजुकेसन सिटी स्टेडियममा दुई टोलीबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिँदा अतिरिक्त समयमा थपिएको हो । निर्धारित समयमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

काभ्रेमा एकै समयमा दुई महोत्सव

पर्व नजिकिँदै गर्दा काभ्रेमा एकै समयमा दुई महोत्सव हुने भएको छ। जिल्लाको बनेपा र पाँचखालमा महोत्सव हुने भएको हो। पाँचखालस्थित पाँचखाल युनाइटेड फुटबल एशोसिएशनको आयोजनामा र बनेपामा काभ्रे उद्योग बाणिज्य...

सावधान ! यो समयमा नपिउनुस् चिया

तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउनु जरुरी छ । किनकि, गलत समयमा चिया पिउनु तपाईका लागि घातक हुन सक्छ । गलत समयमा चिया पिउँदा त्यसले स्वास्थ्यमा धेरै नकरात्मक असर पुर्याउन सक्छ ।  कुन कुन समयमा चिया पिउनु हुँदैन ? यहाँ उल्लेख गरिएको छः  १. बेड टी प्राय मानिसको बानी हुन्छ, विहान बेडमै चिया पिउने । यदि तपाई ती व्यक्तिमध्ये हुनुहुन्छ, जसले दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस् । ‘बेड टी’ले तपाईको शरीरमा ए...