पछिल्लो समय दक्षिण भारतीय फिल्मले बक्स अफिसमा कीर्तिमानी कलेक्सन गरिरहेका बेला बलिउड फिल्मले भने खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। गत डिसेम्बरमा प्रदर्शनमा आएको ठूलो बजेटको फिल्म '८३' देखि अहिलेसम्म पनि असफल फिल्मको शृंखला जारी छ। यस्तैमा गत शुक्रबार प्रदर्शनमा आएको 'भूल भुलैया २' ले भने बलिउडलाई केही राहत दिएको छ। फिल्मले प्रदर्शनमा आएको चौथो दिनमै ९० करोडभन्दा बढीको कारोबार गरेको छ। ६८ करोड बजेट रहेको फिल्मले शुरुको ३ दिनमै लगानी सुरक्षित गरेर मुनाफा कमाएको हो