साउन २६, टोकियो (जापान) । जापानी बहुराष्ट्रिय लगानी समूह सफ्ट बैंक ग्रुप कर्पोरेशनको भिजन फन्डले २ अर्ब डलरभन्दा धेरै मुनाफा कमाएको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा समूहको खुद मुनाफा ३९ प्रतिशतले घटेर ६ अर्ब ९० करोड डलरमा आएको भएपनि फन्डको मुनाफा भने बढेको हो ।
अप्रिल–जुन त्रैमासमा कम्पनीको सूचीकरण पोर्टफोलियोबाट हुने खुद मुनाफा चिनियाँ इ–रिटेलर कम्पनी कुफाङलगायत कम्पनीको शेयरमा आएको कमीका कारण घटेको हो । मेमा भने समूहले कीर्तिमानी मुनाफा कमाएको थियो । एजेन्सी