नेपालमा रेलमार्फत हुने कार्गो ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनीले सेवा शुरू गरेको छ । हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट वीरगञ्ज सुक्खा बन्दरगाहसम्म बुधवार सामान आइपुगेपछि आयात ढुवानीमा एकाधिकार तोडिई प्रतिस्पर्धा हुने र त्यसको लाभ नेपाली व्यवसायीले पाउने देखिएको छ ।
ढुवानी भाडा सस्तो भएपछि त्यसको लाभ आयातकर्ताले मात्र होइन, उपभोक्ताले पाउनुपर्छ । तर, ढुवानी भाडा बढ्दा सामानको मूल्य बढाउने गरिए पनि लागत कम पर्दा पनि मूल्य घटाउने काम कमै भएको पाइन्छ ।
हिन्द टर्मिनलको रेल ९० ओटा कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगाहमा पहलिोपटक ल्याएको हो । नेपालमा रेलमार्फत मालसामान ढुवानीमा निजी सेवाप्रदायकको प्रवेशले यस्तो ढुवानीमा एकाधिकार अन्त्य भएको छ । यसले ढुवानी सेवा प्रतिस्पर्धी हुने बाटो खुलेको छ । बुधवार नै कोन्करले भाडा घटाएको छ । नेपाल भारतबीच सन् २००४ मा भएको रेलसेवा सम्झौताले रेलमार्पmत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिएको थियो । ३ महीनाअघि मात्रै सम्झौता संशोधन भएपछि भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको हो । कोन्करको एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीहरूले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए । भारतमा १५ ओटा निजी कम्पनीले रेलमार्फत ढुवानी सेवा दिइरहेका छन् । तीमध्ये कोन्करसहित अन्य चारओटा कम्पनीले नेपालतर्फको ढुवानीमा रुचि देखाएका छन् ।
भूपरिवेष्टित मुलुक भएकाले नेपालले ढुवानीका लागि धेरै खर्च गर्नुपरिरहेको छ जसले वैदेशिक व्यापारलाई केही महँगो बनाएको छ । आयातमा ढुवानीको भाडा बढी तिर्नुपर्दा त्यसको भार उपभोक्ता माथि नै पर्ने गरेको छ । औद्योगिक कच्चा पदार्थको आयात मह“गो पर्दा नेपाली उत्पादन महँगो पर्न गई प्रतिस्पर्धी बन्न नसकेको अवस्था पनि छ । ढुवानी भाडा मात्र होइन, कुनै कारण सामान बीच बाटोमा रोकिएको अवस्थामा त्यसअवधिको थप भाडा तिर्नुपर्ने बाध्यता पनि छ । कोन्करको एकाधिकार हुँदा व्यवसायीहरूको गुनासोको सुनुवाइ नहुने गरेको पनि थियो । अब, ढुवानीका लागि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा हु“दा त्यसको लाभ नेपाली आयातकर्ताहरूले पाउनेछन् । यो निकै सकारात्मक कदम हो ।
अहिले वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन गरिहेको प्रिस्टाइन भ्यालीको मुख्य साझेदार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । त्यस्तै भारतमा बन्दरगाह र रेलसेवा चलाइरहेको जेएन बक्सी समूहले पनि वीरगञ्जसम्म कन्टेनर ढुवानीको तयारी थालेको बताइन्छ । भारतमा यस्तो रेलबाट सामान ढुवानीको सेवा दिने कम्पनीहरू १५ ओटा रहेका छन् । तीमध्ये केही कम्पनी नेपालमा ढुवानी सेवा दिन तयार हुनु सकारात्मक मान्नुपर्छ ।
भारतले थप बन्दरगाह प्रयोग गर्न अनुमति दिएको छ । यस्तो नेपालले अनुकूल बन्दरगाह प्रयोग गर्न पाउनेछ र ती ठाउँबाट जुनसुकै भारतीय कम्पनीका रेलवे ढुवानी नेपालले प्रयोग गर्न सक्छ । निर्यात र आयातका लागि गैरभन्सार अवरोध हटाउने र लागत कम गराउने उपायमा पछिल्लो समय प्रगति भएका छन् । तर, अझै सुधारको खा“चो हो । भारतीय बन्दरगाहबाट टनाटन सामान ल्याउने रेलमा नेपालबाट पनि सामान भरेर पठाउन सक्ने हो भने बल्ल अर्थतन्त्र सुदृढ हुन्छ । तर, नेपालबाट निर्यात हुने सामानको संख्या, परिमाण र मूल्य निकै कम छ । यसतर्फ पनि बिस्तारै प्रगति गर्दै जानु आवश्यक छ ।
भारतीय रेलले सामान ल्याउने मात्र होइन, नेपाली रेलको प्रयोग गरेर सामान ल्याउन सकियो भने लागत झनै सस्तो पर्नेछ । नेपालले भारतसँग यात्रुबाहक रेल किने पनि त्यो सञ्चालनमा ल्याउन सकेको छैन । यस्तोमा ढुवानीका लागि नेपालले आफ्नो रेलको व्यवस्था गरिहाल्न नसक्ला । यसमा सरकारले निजीक्षेत्रलाई प्रोत्साहन र सहयोग गर्न सके त्यो दिन पनि नआउला भन्न सकिँदैन । ढुवानी भाडा सस्तो भएपछि त्यसको लाभ आयातकर्ताले मात्र होइन, उपभोक्ताले पाउनुपर्छ । तर, ढुवानी भाडा बढ्दा सामानको मूल्य बढाउने गरिए पनि लागत कम पर्दा पनि मूल्य घटाउने काम कमै भएको पाइन्छ । यसतर्फ पनि सरोकारवालाको ध्यान जानु आवश्यक छ ।