नेपालको व्यापारघाटा दिनप्रतिदिन बढ्दो दरमा छ । सरकारका नीति तथा कार्यक्रमले स्वदेशी उद्योगको प्रवद्र्धनमार्फत रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र आयात प्रतिस्थापनको लक्ष्य लिए पनि कार्यान्वयनको पक्ष कमजोर हुँदा सम्बद्ध उद्योगहरूले लाभ पाउन सकेका छैनन् । नेपालमा आयात प्रतिस्थापन गर्ने बालीमध्ये दालजन्य वस्तु पनि मुख्य हो । भारत, बंगलादेश र भुटानमा यसको उच्च माग छ । […]