१० वस्तुको आयात प्रतिबन्धलाई लम्ब्याउने वाणिज्य मन्त्रालयको निर्णय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । प्रतिबन्धको समीक्षा गर्न मन्त्रालयमा भएको उच्चस्तरीय बैठकले थप केही समयका लागि आयात प्रतिबन्धलाई कायम राख्ने निर्णय गरेको मन्त्रालय उच्च स्रोतले बताएको छ। ‘प्रतिबन्धपछि अर्थतन्त्रलाई राहत पुगेको र यसलाई अझै निरन्तरता दिने निर्णय भएको छ,’मन्त्रालय उच्च स्रोतले भन्यो, ‘कति समय […]

सम्बन्धित सामग्री

सुर्खेतमा असार १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

जेठ ३१, वीरेन्द्रनगर । सुर्खेतमा निषेधाज्ञा खुकुलो बनाएर १० दिन लम्ब्याउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार असार १० गतेसम्म केही खुकुलो गरी निषोधाज्ञा थप गर्ने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ । पछिल्लो पटक थप गरिएको निधेषाधाज्ञा आज (सोमवार) राति १२ बजेदेखि सकिदै छ । जिल्ला प्रशासन कार्यलय सुर्खेतका अनुसार निषेधाज्ञा खुकुलो बनाएर अब हरियो तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा/मासु, अण्डा, एग्रोभेट, बीउविजन, रासायनिक मल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु खोल्न पाईने भएको छ । जसका लागि निश्चित समय पनि तोकिने भएको छ । जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिन थालेपछि वैशाख १४ गतेदेखि सुर्खेतमा निषेज्ञाधा जारी भएको थियो ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउनेबारे छलफल गरेको हो ।निषेधाज्ञा थप्नेबारे आज अनौपचारिक छलफल भएको र पर्सि आइतवार निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कुन-कुन क्षेत्र खुलाउने भन्नेबारे कुनै निष्कर्ष निस्किएको छैन तर कोरोनाको जोखिम अझै उत्तिकै रहेकाले थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भएको...

मकवानपुरमा जारी निषेधाज्ञा थप ११ दिन लम्ब्याउने निर्णय

मकवानपुर । जिल्लामा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा यही जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले वैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर जेठ ३१ गतेसम्म पुर्‍याउने निर्णय गरेको जिल्ला […]

वीरगंजमा जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय, यी गतिविधिमा लगाइयो रोक

वीरगंज : वीरगंजमा आगामी जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ। गत बैशाख १६ गतेदेखि पर्सा जिल्लामा लाग्दै आएको निषेधाज्ञालाई जेठ १३ पश्चात पुनः एक साता थप्दै २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साको बुधवार बसेको बैठकले निषेधाज्ञा अवधि एक साता लम्ब्याउन गरेको सिफारिश…

उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरिएको छ । ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जेठ २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए । काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदै छ । मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद न

जेठभर निषेधाज्ञा निश्चित, लम्ब्याउने निर्णय आउँदै

काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिने भएको छ । निषेधाज्ञा लम्ब्याउन उपत्यका जिल्ला कोभिड व्यवस्थापन समितिले बैठक बसी टुंगो लगाउँदैछ । १६ वैशाखबाट जारी निषेधाज्ञा १३ जेठमा सकिन लागेकाले आजै लम्ब्याउने तयारी भएको हो । जेठभर निषेधाज्ञा जारी गर्ने गरी निर्णय हुनलागेको बुझिएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई कडाई गर्ने […]

मोरङमा थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

विराटनगर । कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी मोरङ प्रशासनले जेठ १७ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागू हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको मोरङका  प्रमुख जि

डीसीसीएमसीको निर्णय- काठमाडौंमा थप १५ दिन निषेधाज्ञा थप गर्ने

कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ।

काठमाडौं उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

वैशाख २१, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप लम्बिने भएको छ । यस अवधिमा निषेधाज्ञा थप कडा हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र कायम गरिएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएकोे जानकारी दिइएको छ । साथै, यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनु पर्ने निर्णय भएको बताइएको छ ।