जेठभर निषेधाज्ञा निश्चित, लम्ब्याउने निर्णय आउँदै

काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिने भएको छ । निषेधाज्ञा लम्ब्याउन उपत्यका जिल्ला कोभिड व्यवस्थापन समितिले बैठक बसी टुंगो लगाउँदैछ । १६ वैशाखबाट जारी निषेधाज्ञा १३ जेठमा सकिन लागेकाले आजै लम्ब्याउने तयारी भएको हो । जेठभर निषेधाज्ञा जारी गर्ने गरी निर्णय हुनलागेको बुझिएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई कडाई गर्ने […]

सम्बन्धित सामग्री

निषेधाज्ञा लम्ब्याइयो (सूचनासहित)

काठमाडौं, १० साउन । सरकारले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा लम्ब्याउने निर्णय लिएको छ । निषेधाज्ञाको अघिल्लो नियम कायम राख्दै २० साउनसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । निर्णयलगत्तै सूचना समेत जारी भएको छ ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउनेबारे छलफल गरेको हो ।निषेधाज्ञा थप्नेबारे आज अनौपचारिक छलफल भएको र पर्सि आइतवार निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कुन-कुन क्षेत्र खुलाउने भन्नेबारे कुनै निष्कर्ष निस्किएको छैन तर कोरोनाको जोखिम अझै उत्तिकै रहेकाले थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भएको...

मकवानपुरमा जारी निषेधाज्ञा थप ११ दिन लम्ब्याउने निर्णय

मकवानपुर । जिल्लामा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा यही जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले वैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर जेठ ३१ गतेसम्म पुर्‍याउने निर्णय गरेको जिल्ला […]

वीरगंजमा जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय, यी गतिविधिमा लगाइयो रोक

वीरगंज : वीरगंजमा आगामी जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ। गत बैशाख १६ गतेदेखि पर्सा जिल्लामा लाग्दै आएको निषेधाज्ञालाई जेठ १३ पश्चात पुनः एक साता थप्दै २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साको बुधवार बसेको बैठकले निषेधाज्ञा अवधि एक साता लम्ब्याउन गरेको सिफारिश…

उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरिएको छ । ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जेठ २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए । काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदै छ । मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद न

मोरङमा थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

विराटनगर । कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी मोरङ प्रशासनले जेठ १७ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागू हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको मोरङका  प्रमुख जि

मकवानपुरमा थप १३ दिन निषेधाज्ञा लम्बियो

मकवानपुरमा थप १३ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको सिफारिसमा १३ जेठसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो

डीसीसीएमसीको निर्णय- काठमाडौंमा थप १५ दिन निषेधाज्ञा थप गर्ने

कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ।

पर्सामा निषेधाज्ञा बैशाख ३० सम्म लम्बिने

पर्सा : जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले पर्सामा जारी निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ। बैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञा ३० गते सम्म पुर्‍याउने डिसिसिएमसीले निर्णय गरेको हो।डिसिसिएमसीको मंगलबार वीरगन्जमा बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ। संक्रमणको सृंखला तोड्न (चेन ब्रेक) गर्न निषेधाज्ञा लम्बयाउने निर्णय भएको डिसिसिएमसीका सदस्य नेपाली सेनाको चन्डीप्रसाद गणका गणपति मदनजंग राणाले जानकारी दिए।