काठमाण्डाै - काठमाण्डाै उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । कोरोना भाइरसको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप एक हप्ता लम्ब्याउने तयारी भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
निषेधाज्ञाका बारेमा निर्णय गर्न दिउँसो चार बजे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ । निषेधाज्ञा थप खुकुलो बनाउने बारे छलफल भइरहेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । अहिले निजी गाडी र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ...