वैशाख २१, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप लम्बिने भएको छ । यस अवधिमा निषेधाज्ञा थप कडा हुने भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।
अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएकोे जानकारी दिइएको छ । साथै, यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनु पर्ने निर्णय भएको बताइएको छ ।