अमेरिकी रक्षा विभागको रिपोर्टले भारत–चीनबीचको विवादित क्षेत्रमा चीनले गाउँ बसाएको खुलासा गरेको थियो । भारतले यो गाउँ नै अवैध रहेको प्रतिक्रिया दिएको छ । यस कदमलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने भारतले जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार भारतले पनि सीमासँग जोडिएका सीमावर्ती इलाकामा सडक र पुललगायत पूर्वाधारको विकास निर्माण तिव्र बनाएको छ । ‘चीनले पछिल्ला केही वर्षमा सीमावर्ती क्षेत्रसँगै ती क्षेत्रमा पनि निर्माण गतिविधिहरु सुरु गरेको छ । जसमाथि उस