चीनले वर्षौंदेखि भुटानको भूमिमा क्रमशः तथा गोप्य तरिकाले अतिक्रमण गर्दै गएको नयाँ अध्ययनले देखाएको छ ।
भुटानको भूमिमा आठ किलोमिटरभित्र चीनले गाउँ, सडक, विद्युतीय भट्टी, कम्युनिस्ट पार्टीका दुई भवन, सञ्चार बेस, सेना र प्रहरीको आउटपोस्ट बनाएको अस्ट्रेलियाको न्युज साइट न्युज डट् कम डट् एयूले प्रतिवेदनलाई उद्धृत गर्दै लेखेको छ ।
चीनका अगाडि भुटान निकै सानो मुलुक हो र उसले आफ्नो भूभाग गुमाउँदा पनि केही पनि गर्न सक्दैन, अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बहुसंख्यक मानिस बौद्ध धर्मावलम्बी रहेको भुटान ...