“नयाँ जनवादी क्रान्ति गरेर संसदवादी व्यवस्था मिल्काएर फाल्छौं”

काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टी स्थानीय तहको निर्वाचन सहभागी नहुने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कट्टेलले भने, “मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र मेरो […]

सम्बन्धित सामग्री

के हो पुँजीवादी लोकतन्त्रको अन्तिम गन्तव्य ?

अहिलेसम्मको संघर्ष र रूपान्तरणको क्रममा सामन्तवादलाई उन्मूलन गर्ने र पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने दुइटा लक्ष्यलाई हामीले सफलतापूर्वक पूरा गरेका छौँ । जहाँसम्म साम्राज्यवाद, प्रभुत्ववाद, उपनिवेशवादबाट नेपाल राष्ट्रलाई स्वतन्त्र र मुक्त...

विप्लवको लाइनले क्रान्ति गर्दैन :  धर्मेन्द्र बास्तोला

तत्कालीन माओवादीले जनवादी क्रान्ति गर्न नसेको आरोप लगाउँदै मोहन वैद्यले नेकपा–माओवादी पुनर्गठन गरे । प्रचण्ड नेतृत्वको एकीकृत माओवादीसँग छुट्टिएको दुई वर्ष बित्न नपाउँदै नेत्रविक्रम चन्द‘विप्लव’ले वैद्यबाट क्रान्ति नहुने भन्दै नेकपा माओवादी पुनर्गठन गरे। विप्लवले आफ्नो नेतृत्वमा पार्टी गठन गरेको आठ वर्षपछि त्यही पार्टीमा रहेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली पक्षले नेकपा बहुमत गठन गरेका छन्।विप्लव सैद्धान्तिक रूपमा सारसंग्रहवादी, संशोधनवादी र अराजनीतिक खालको एकीकृत जनक्र

सिपी मैनालीको आरोप : माओवादी भारतबाट सञ्चालित पार्टी हो (भिडिओसहित)

काठमाडौं, २८ पुष । नेकपा (माले) का महासचिव सिपी मैनालीले आफूले माक्र्सवाद र लेनिनवाद नछोडेको स्पष्ट पारेका छन् । उनले आफूहरुको क्रान्ति भनेको राष्ट्रिय जनवादी क्रान्ति रहेको सुनाए । उनले आफूहरुको पार्टी कार्यालयमा पृथ्वीनारायण शाहको फोटो रहेको पनि सुनाए । उनले भने,‘हाम्रो पार्टी कार्यालयमा पृथ्वीनारायण शाहको मात्रै होईन, महेन्द्रको फोटो छ, वीरेन्द्रको पनि फोटो छ। […]

माओवादी महाधिवेशनमा छुटेका पूर्वलडाकु

१४ पुस, दाङ । दाङका केशव चौधरी कुनै समय माओवादीले सुरु गरेको नयाँ जनवादी क्रान्ति सफल पार्न जनयुद्धमा होमिए । परिवर्तन निम्ति बन्दुक उठाएर दश वर्षे युद्ध लडे । २०५९ जेठ १३ गते खारा आक्रमणका क्रममा घाइते भएका उनको शरीर अहिले शद्दे छैन । शरीरमा गोलीका छर्रा छन् । बेलाबखत शरीर पोलीरहन्छ । पार्टीको महाधिवेशनबारे […]

क्रान्ति प्रतिक्रान्तिमा बदलियो, नयाँ जनवादी क्रान्ति अपरिहार्य : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपाली क्रान्ति प्रतिक्रान्तिमा बदलिएको भन्दै नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको बताएका छन् । नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल भएका भन्दै उनले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको जनाएका छन् ।

नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरू सबै असफल भएकाले नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको बताएका छन् । २६औँ जनयुद्ध दिवसको उपलक्ष्यमा प्रेस वक्तव्य...

युद्धप्रसाद मिश्र नयाँ जनवादी क्रान्तिपक्षीय साहित्यकार : डा. गोविन्द आचार्य

प्रकाश थापामगर/काठमाडौँ ।। अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष डा. गोविन्दप्रसाद आचार्यले युद्धप्रसाद मिश्र नयाँ जनवादी क्रान्तिपक्षीय साहित्यकार भएको बताउनुभएको छ । अन्पाद्वारा २०७७ पुस २९ गते आयोजित ‘प्रगतिशील साहित्यिक आन्दोलनमा युद्धप्रसाद मिश्र’ विषयक परिसंवाद कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । ‘साहित्यकार मिश्र नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न नहुँदासम्म र विश्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको औचित्यता कायम रहँदासम्म जीवितै रहने छन्’ डा. आचार्यले त्यसका पछाडिको कारण खोतल्दै भन्नुभयो– ‘मिश्रलाई प्रगतिवादी धारमा डोर्याउने यिनै दुई वटा परिघटना हुन् ।’ साहित्यकार मिश्र विशुद्ध साहित्यकार मात्र नभएर राजनीतिकर्मी पनि भएको उहाँको तर्क थियो । ‘उहाँले हलीगोठाला, महिला, प्रवासीसहित सर्वहारा पङ्क्तिको पक्षमा साहित्य सृजना गर्नुभयो’ उहाँले भन्नुभयो– ‘मिश्र त्यतिमा मात्र सीमित रहनुभएन, नेपाल कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण हस्ती पुष्पलालसँगै उहाँ नयाँ जनवादी क्रान्तिको राजनीतिमा समेत आजीवन सँगसँगै हिँड्नुभयो ।’ उहाँले मिश्रका खण्डकाव्यको तुलनामा फुटकर कविता सशक्त रहेको बताउनुभयो । मिश्रका कविता धारिलो भएको बताउँदै उहाँले त्यस खालको तिखो कवि अहिलेसम्म नेपाली साहित्यमा देखा नपरेको धारणा व्यक्त गर्नुभयो । कवि मिश्रको कविता अहिले पनि त्यत्तिकै सान्दर्भिक रहेको बताउँदै उहाँले भन्नुभयो– ‘प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध धारिलो कविता लेख्न मिश्रका साहित्यले हामीलाई अहिलेसम्म पनि प्रेरणा दिइरहेका छन् ।’ नेकपा (मसाल) का प्रवक्ता तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कविता र गजल वाचन पनि गरिएको थियो । कार्यक्रममा गिरीप्रसाद बुढाले ‘पार्टी फुटेको दिन’, ऋतु केसीले ‘ए साथी ! फर्केर आऊ’, समष्टि बुढाले ‘म देशको कृषक’, सुभाष जिसीले ‘मलाई सन्किन मन लागेको छ’, बाबुराम आचार्यले ‘साल साल बेहाल’, प्रकाश थापामगरले ‘बच्चामाकुरा’, हरिलाल महतराले ‘तिम्रो सङ्घीयतामा’ र खिमराज चालिसेले ‘मेरो घर’ शीर्षकको कविता वाचन गर्नुभएको थियो भने रगवीर विश्वकर्माले गजल वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अन्पाका सचिव गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।

मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक छः अध्यक्ष वैद्य

रुपन्देही । नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति बैठकले मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ ।    बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा नयाँ क्रान्ति आवश्यक ...

नेकपा : भोजवादी कि जनवादी ?

भियतनाममा क्रान्ति सम्पन्न भएपछि पनि हो ची मिन्हले रबरको चप्पल लगाउन छाडेनन् । जनवादी क्रान्ति सम्पन्न भइसके पछि पनि माओत्सेतुङ पुरानो कोट लगाएरै जनताका माझमा पुगिरहेका देखिन्थे, जतिबेला उनको तस्वीर अंकित नोट देशभरि प्रचलनमा आइसकेको थियो । क्रान्ति सम्पन्न हुनु मात्र विजय थिएन, त्यसैले हो ची मिन्ह र माओ भोज र …