नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपाली क्रान्ति प्रतिक्रान्तिमा बदलिएको भन्दै नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको बताएका छन् । नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल भएका भन्दै उनले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको जनाएका छन् ।