वीरगन्ज : राप्रपा नेपालका अध्यक्ष कमल थापाले पश्चिमा मुलुकहरूको दबाबका कारण संविधानमा हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता भन्ने प्रावधान राखिएको आरोप लगाएका छन्। वीरगन्जमा सोमबार स्थानीय सञ्चारकर्मीमाझ ९४ प्रतिशतभन्दा बढी नेपाली हिन्दु राष्ट्रको पक्षमा रहेकाले राप्रपा नेपाल आगामी दिनमा बलियो राजनीतिक शक्तिका रुपमा देशमा स्थापित हुने तर्क उनले गरे। स्थानीय तह निर्वाचनको तयारी भइरहँदा उनले विगतमा आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले