–सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसका शीर्ष केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले कम्युनिष्ट पार्टीहरूबीच भएको एकताको कदमलाई अस्वभाविक रुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।