नेपालमा विदेशी हस्तक्षेप र घरेलु समर्थनको दायरा

नेपाली काँग्रेस र नेकपा झण्डै ७० वर्षअघि सँगसँगै अस्तित्वमा आए । काँग्रेसको घोषित लक्ष्य प्रजातन्त्र र समाजवाद हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता नेकपाको गन्तव्य हो । तर सात दशक बितिसक्दा पनि मुलुकमा न त नेकपाको जनतन्त्र न त काँग्रेसले भन्ने गरेको प्रजातन्त्र दिगो हुन सक्यो । नेकपाले उठाउँदै आएका राष्ट्रियता र जनजीविकाको मुद्दासमेत अलपत्र परे । हालै जारी पाँच पूर्वप्रधानमन्त्रीहरूको वक्तव्यलाई आधार मान्ने हो भने मुलुकको लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको अवस्था गम्भीर मोडमा पुगेक