काठमाडौँ । सत्ता गठबन्धनका सांसदहरूले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार २१ बुँदे अभियोग प्रस्ताव दर्ता गराएका छन् । अभियोगपत्रमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, र नेकपा एकीकृत समाजवादीका सांसदले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ । उनीहरूले प्रधानन्यायधीशविरुद्ध लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको […]