काठमाडौं : संघीय संसद अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबारस्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ।
शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण बनेको संसद भवन भत्काएर यसको मौलिकतालाई बिग्रन नदिइ नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो।