अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरेन्द्रनगरस्थित जन माध्यमिक विद्यालय (जनमावि)का कागजात नियन्त्रणमा लिएको छ । कक्षा ११ का विद्यार्थी भर्नाको क्रममा रसिदबिना नै रकम संकलन गरेको भन्दै कार्यालय सहायक र सूचना सहायकको दराजका कागजात नियन्त्रणमा लिएको आयोगका सुर्खेत कार्यालयका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।उनका अनुसार अख्तियारको टोलीले नगद दुई लाख ७६ हजार ६९० रुपैयाँसहित आवश्यक कागजात नियन्त्रणमा लिएको हो । उनले भने, ‘जनमाविले साउन २६ गते प्रकाशित ११ को प्रवेश परीक्षाको नतिजामा उत