पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

१५ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तराईका दुई स्थानीय तहबाट कागजात नियन्त्रणमा लिएको छ । कोरोना महामारीका बेलामा राहत सामग्री वितरणमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको हो । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिकाका केही कागजात नियन्त्रणमा लिएको हो । ‘कोरोना कालखण्डका बेलामा राहत र अरु […]