भीमदत्त नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा

कञ्चनपुर : भीमदत्त नगरपालिकाका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज नियन्त्रणमा लिएको छ। नगरपालिकाभित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउँदा १ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी परेपछि अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको हो।अख्तियारका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले नगरपालिकालाई पत्र काटेर आवश्यक कागजात नियन्त्रणमा लिइएको बताए। कागजात नष्ट नहुन् भनेर उजुरी परेको अर्को दिन नै कागजपत्र नियन्त्रणमा लिइएको उनले ब