सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको छ । विभिन्न विषयमा उजुरी परेको भन्दै आयोगको सुर्खेत कार्यालयले विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको हो । अनुसन्धानसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको तर अख्तियारले छापा नहानेको आयोगका सूचना अधिकारीले जानकारी दिए ।