अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी अगस्ट २ मा ताइवान पुगेकी थिइन् । चीनको आपत्ति र धम्कीका बाबजुद उनले यात्रा गरेकी हुन् । सो क्रममा उनले ताइवानका राष्ट्रपति साई इङ–वेनसँग पनि भेटघाट गरिन् ।चीनले यसलाई ‘एक चीन नीति’ को उल्लङ्घन भएको भन्दै आगामी दिनमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ । यस बैठकको दूरगामी नतिजा के हुन्छ भन्न सकिने अवस्था छैन तर पेलोसीको यो भ्रमणका केही नतिजा विश्वसामु छन् ।नेन्सी पेलोसीको भ्रमणको नतिजा– चीन