नेकपा एमालेले पार्टीको नियमावली संशोधनसहित पारित गरि लागू गरेको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले आज ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८’ जारी गरि लागू गरेको जानकारी दिएका छन् ।