वन नियमावली सुधार गर्न माग

सरोकारवालाले वन नियमावली तत्काल सुधार गर्न माग गरेका छन् । संविधान, संघीयता, सामुदायिक वन र महिला विरोधी व्यवस्था समावेश गरी नियमावली तय भएकाले सामुदायिक वनमा गम्भीर रूपमा प्रतिकूल प्रभाव पर्ने भन्दै सुधार गर्न माग गरिएको हो ।सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) लगायतका सरोकारवालाले वन नियमावली तत्काल सुधार नगरे विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ । […]