देउखुरी : लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त नियमावली पारित गरेको हो।राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ।मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका लागि सरकारले नयाँ नियमावली ल्याएको बताए। उनले राज्यका निजामती कर्मचारीका लागि लागू हुने कानुन र नियम बनेकाले अब सरकारले नयाँ स्थानीय तहको कर्मचारी सेवा शुरु गर