भक्तपुर – काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सरकार र राजनीतिक दलले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनुभएको छ ।
आज बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवम् राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण समारोहमा बोल्दै उपमेयर शाक्यले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सम्वतको छुट्टै मौलिक महत्त्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताउनुभयो । उहाँले सरकारी कार्यालयहरूमा चलाउने डकुमेन्टहरूमा ...