द्वन्द्व, हिंसा र अन्य संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा ३६ दशमलब ५ मिलियन बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले जनाएको छ । यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो ।सन् २०२१ मा २ दशमलब २ मिलियनले बढेको यो संख्यामा १३ दशमलब ७ मिलियन बाल शरणार्थी तथा शरण खोज्नेहरू र झण्डै २२ दशमलब ८ मिलियन द्वन्द्व र हिंसाका कारण आन्तरिक रूपमा विस्थापित भएका व्यक्ति समावेश भएका युनिसेफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।जलवायु र वातावरणीय प्रकोपबाट विस्थापित बालबालिका, &