दोस्रो विश्व युद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ ।  संयुक्त राष्ट्र सङ्घीय निकाय, संयुक्त राष्ट्र सङ्घ बाल कोष (युनिसेफ) ले अहिले विस्थापित बालबालिकाहरूको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो सङ्ख्या गएकाे वर्ष सन् २०२१ को अन्त्यतिरको भएको पनि राष्ट्र सङ्घीय अधिकारीहरूले शुक्रवार जनाएका छन् । विषेशगरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ । ‘दोस्रो विश्व युद्धपछि एकै पटकमा यति धेरै बालबालिका विस्थापित ...

सम्बन्धित सामग्री

नेपालमा बर्षेनी २५ हजार क्यान्सरका रोगी थपिदै , ति मध्ये पन्ध्र सय बालबालिका

नेपालमा बर्सेनि २५ हजार नयाँ अर्बुद रोगी थपिने गरेका छन । तीमध्ये १ हजार पाँच सय बालबालिका रहने गरेका छन् । नेपालमा बालबालिकाको अर्बुद रोगको उपचार बिपी कोइराला मेमोरियल अर्बुद अस्पताल भरतपुरसँगै भक्तपुर अर्बुद अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल, कान्ति बाल अस्पताललगायत उपचार हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल अर्बुदसम्बन्धी विश्वव्यापी अभियानको ‘फोकस’ […]

अफगानिस्तानमा दश लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको जोखिममा : डब्लुएचओ

काबुल, ६ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफगानिस्तानमा १० लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको चपेटामा परेको जनाएको छ । काबुलबाट प्रसारण हुने अफगानी समाचार च्यानल टोलो न्यूजका अनुसार डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले कुपोषणविरुद्ध लड्न अफगानिस्तानलाई १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । उनले एक्स (ट्वीटर) मा लेखेका छन्, […]

सुडानमा बाढीका कारण झण्डै १६ लाख बालबालिका भोकमरीको जोखिममा

संयुक्त राष्ट्र सङ्घले आउँदो वर्ष दक्षिण सुडानमा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय  विश्व खाद्य कार्यक्रमले विज्ञप्ति निकालेर सन् २०२४ मा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणबाट पीडित हुने अनुमान गरेको बताएको हो । सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ देश दक्षिण सुडानले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ । देशका केही भागमा बर्सेनि बाढी आउने ...

ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान

काठमाडौँ, १० फागुन: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ । हिजो सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक ओलीलाई नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पदक […]

सन् २०२० मा विश्वका दुई करोड ३० लाखभन्दा धेरै बालबालिका आधारभूत खोपबाट वञ्चित

काठमाण्डाै – सन् २०२० मा विश्वका दुई करोड ३० लाखभन्दा धेरै बालबालिका आधारभूत खोपबाट वञ्चित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । यो सङ्ख्या २०१९ मा खोप नपाउने बालबालिकाकाे भन्दा ३७ लाख धेरै हो भने सन् २००९ पछिको सबैभन्दा धेरै हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले संयुक्त रूपमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२० मा एक करोड ७० लाखभन्दा धेरै बालबालिकाले एउटा पनि खोप पाएका छैनन् । खोप नपाउने धेरैजसो बालबालिका द्वन्द्वबाट ग्रस्त समुदाय, दुर्गम क्षेत्र, अनौ...

कोरोना महामारीका कारण २.३ करोड बालबालिका जीवनरक्षक खोपबाट बञ्चित

एजेन्सी।कोरोना महामारीका कारण सन् २०२० मा विश्वभर २.३ करोड बालबालिका जीवनरक्षक खोपबाट बञ्चित भएको तथ्य सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) र युनाइटेड नेसन्स चिल्ड्रेन फण्ड(युनिसेफ)को संयुक्त प्रतिवेदनमा सन् २०२० मा १.७ करोड बालबालिकाले कुनै पनि खोप लगाउन नपाएको उल्लेख छ।विश्व कोरोना खोपको पछि लाग्दा साना बालबालिका जीवनरक्षक अन्य खोपबाट बञ्चित भएकोमा डब्लुएचओ र युनिसेफले चिन्ता व्यक्त गरेका छन्।

विश्व बालश्रमविरुद्धको चुनौती र नेपाल

विश्वमा १६ करोड बालबालिका श्रमिक र ९ करोड अन्य बालबालिकासहित २५ करोडभन्दा बढी बालबालिका अत्यन्त जोखिमपूर्ण जीवन बिताउन बाध्य छन् । यी बालबालिकाहरूलाई यस स्थितिबाट मुक्ति दिलाउन आज विश्वभरि नै आवाज बुलन्द भइरहेको छ । उपेक्षित बालबालिकाहरूलाई योग्य नागरिक बनाउनका निम्ति विश्वमा विभिन्न किसिमका कार्यक्रमहरू तय भइरहेका छन् । बाल विकास मानव विकासको मूल आधार […]