रुसले गरेको आक्रमणपछि युक्रेनका आधा बालबालिका विस्थापित भएका छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) का अनुसार युक्रेनका ७५ लाख जना बालबालिकामध्ये ४३ लाख जनाभन्दा धेरै युद्धका कारण घरबाट विस्थापित भएका हुन् ।
विस्थापितमध्ये १८ लाख बालबालिकाले देश नै छाड्नुपरेको र २५ लाख जना युक्रेनकै विभिन्न सहरमा रहेका युनिसेफलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले रुसले युक्रेनमा गरेको आक्रमणका कारण दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै बालबालिका विस्थापित भएक...