काठमाडौं : विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञामा अटेर गरी चलाइएका ३ हजार ५ सय ७८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यो २४ घण्टाभित्रको तथ्यांक भएको प्रहरीले जनाएको छ। तीमध्ये १ हजार २५ वटा चारपांग्रे गाडी र २ हजार ५ सय ५३ वटा मोटरसाइकल हुन्। नियन्त्रणमा लिएका सवारी साधनवाहकलाई आवश्यक सोधपुछपश्चात छोडिने गरिएको छ।साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोइ?’ कार्य