निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही

दोस्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही गरिँदैछ ।  चितवनमा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५८२ मानिस तथा ८४१ वटा सवारीसाधनलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले शनिवार दिनभरमा कारवाही गरिएको बताए । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरूबाट कारवाही गरिएको गिरीको भनाइ छ । कारवाहीबाट ७२ हजार ९०० रुपैयाँ जरिवाना असुल गरिएको भन्दै...

सम्बन्धित सामग्री

रूपन्देहीमा नक्कली पास लिएर हिँड्ने ४ जना पक्राउ

रूपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली पास बनाएर हिँड्ने ४ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।निषेधाज्ञाको अवज्ञा गरी नक्कली पास बनाई सवारी साधन चलाउने र सर्वसाधारणमा भ्रम पैदा गर्ने गुल्मी धुर्कोट नगरपालिका-७ स्थाई घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका -११ बस्ने २७ वर्षिय बिनोद घिमिरे, बुटवल उपमहानगरपालिका-११ का ५३ वर्षिय रोलक बहादुर बुढाक्षेत्री र गुल्मी मुसिकोट नगरपालिका -७

निषेधाज्ञा उल्लंघन गर्ने ८११ जनालाई ८१ हजारभन्दा बढी जरिवाना

काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ८११ जनालाई प्रहरीले कारवाही गरेको छ। उनीहरूलाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई ८१,१०० रूपैयाँ जरिवाना गरिएको छ। निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अनुगमनलाई तीव्रता दिएको छ।

पर्सामा जेठ ३० गतेसम्म थपियो निषेधाज्ञा

जेठ १९, वीरगञ्ज । पर्सामा जारी निषेधाज्ञा जेठ ३० गतेसम्मका लागि लम्ब्याइएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बुधवार बसेको बैठकले निषेधाज्ञा पुनः थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिए ।  कोरोना संक्रमण नियन्त्रणका लागि गत वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा यसअघि पटकपटक थपेर जेठ २० गतेसम्म पुर्‍याइएको थियो । कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रशासनले बताएको छ ।  महामारी नियन्त्रणका लागि लागू गरिएको आदेश पालना गर्नु सबैको कर्तव्य भएकाले आदेशविपरीत काम कारवाही गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी घिमिरेले जारी गरेको सूचनामा उल्लेख छ ।  औषधी उपचार र आदेशले अनुमति दिए बाहेक घरबाहिर निस्किएर निषेधाज्ञा उल्लंघन गरेमा कानूनअनुसार कारवाही हुने चेतावनी प्रशासनले दिएको छ ।

निषेधाज्ञामा मदिरा बेच्ने ६ पसले पक्राउ

निषेधाज्ञाको उल्लंघन गरी मदिरा पसल सञ्चालन गर्ने ६ मदिरा पसलेलाई सोमवार प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिका तथा विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा मदिरा पसल सञ्चालन गर्ने  मदिरा पसल सञ्चालकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।  उनीहरूलाई संक्रमण ऐनअन्तर्गत कारवाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । निषेधाज्ञा उल्लंघन गरी सवारीसाधन चलाउने, मास्क नलगाई हिँड्ने, अनधिकृत रूपमा भीडभाड गर्ने, मदिरा पसल खोल्ने जस्ता निषेधित क्रिय...

पोखरामा निषेधाज्ञा उल्लंघन गर्ने १३२ जना प्रहरी नियन्त्रणमा

पोखरा । पोखरामा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा १३२ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा उनीहरुलाई पोखराका मुख्य–मुख्य चोकबाट नियन्त्रणमा लिइएको हो । गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा दिनप्रतिदिन कोरोनाका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई सुरुको दिनमा सम्झाएर पठाउने गरिएको थियो । बुधबारदेखि भने मास्क नलगाउने, अत्यावश्यक कामबा

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने सरकारी गाडीसहित १ हजार २३८ सवारी कारवाहीमा

१८ वैशाख, काठमाडौं । बिदाको दिनमा निस्किएका सरकारी गाडीसहित निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ । निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । प्रजिअ पराजुलीका अनुसार निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चेकचाँजमा […]

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने १५ सय सवारीसाधनलाई कारवाही

संघीय राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गर्ने १ हजार ५०० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।  बिहीवारदेखि लागू भएको निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारीसाधन चलाएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ हजार ५०० सवारीसाधनलाई कारवाही गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए ।  ‘हामीले बिहानदेखि दिउँसो १२ बजेसम्म १५ सय सवारीसाधन होल्ड गरेका छौं,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने । ट्राफिक प्रहरीले १ हजार २०० मोटरसाइकल...

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने १५ सय सवारीसाधनलाई कारवाही

संघीय राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गर्ने १ हजार ५०० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।  बिहीवारदेखि लागू भएको निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारीसाधन चलाएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ हजार ५०० सवारीसाधनलाई कारवाही गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए ।  ‘हामीले बिहानदेखि दिउँसो १२ बजेसम्म १५ सय सवारीसाधन होल्ड गरेका छौं,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने । ट्राफिक प्रहरीले १ हजार २०० मोटरसाइकल...

निषेधाज्ञा उल्लंघन गर्ने गाडी तथा मोटरसाइकल चालकलाई यस्तो कारवाही

काठमाडौं । कोभिड १९ को संक्रमण उच्च भएसँगै सरकारले उपत्यका लगायत संक्रमण उच्च भएका १४ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । यसअवधिमा अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन संचालन गर्न पाइने छैन । यदि कसैले अटेरगरि चलाएमा त्यस्ता सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिन सक्ने छन् । यसरी नियन्त्रणमा लिएको सवारी साधनलाई अवस्थाहेरि केहि समयपछि प्रहरीले […]

बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने २ सयजना कारवाहीमा

नेपाल–भारत सीमा नाका जोडिएको बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने करीब २०० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ ।