पोखरामा निषेधाज्ञा उल्लंघन गर्ने १३२ जना प्रहरी नियन्त्रणमा

पोखरा । पोखरामा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा १३२ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा उनीहरुलाई पोखराका मुख्य–मुख्य चोकबाट नियन्त्रणमा लिइएको हो । गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा दिनप्रतिदिन कोरोनाका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई सुरुको दिनमा सम्झाएर पठाउने गरिएको थियो । बुधबारदेखि भने मास्क नलगाउने, अत्यावश्यक कामबा