स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन गरिएका कार्यक्रम÷आयोजनामध्ये ९ वटाले मात्र ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति गरेको पाइएको छ । मन्त्रालयका अनुसार ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति गर्ने संस्थाहरुमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, एकीकृत स्वास्थ्य पूर्वाधार विकास, क्षयरोग नियन्त्रण कार्यक्रम, एड्स तथा यौनरोग नियन्त्रण कार्यक्रम, स्वास्थ्य व्यवस्थापन कार्यक्रम, नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रम, राप्ती स्वास्थ्य विज्ञान प