काठमाडौं। चीनबाट खरिद गरिएको भेरोसेल खोप साउन ७ देखि १० गतेसम्म नेपाल आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाका प्रमुख डा. झलक गौतमअनुसार चीनबाट खरिद गरिएको ४० लाख खोपमध्ये ८ लाख खोप २४ असारमा आएको छ। बाँकी खोप साउन ७, ८ र १० गते आउने गौतमले बताए। उनकाअनुसार कुन दिन कति मात्रामा खोप आउँछ भन्ने निधो भएको छैन।