काठमाण्डाै - काठमाण्डाै उपत्यकाका प्रायजसाे सार्वजनिक गाडी प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।
शुक्रवार काठमाण्डाैको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग गाडीको प्रदूषण परीक्षण गर्दा प्रायजसाे गाडी प्रदूषण परीक्षणमा फेल रहेका पाइएको हो ।
आज विभागले गरेको ५४ वटा गाडीको प्रदूषण परीक्षणमा ३८ वटा गाडी फेल भएका पाइएको छ भने १६ वटा गाडी मात्रै पास भएका विभागले जनाएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्...
काठमाडौँ। आज (बिहीबार) देखि सार्वजनिक गाडीलाई रुट परमिट नचाहिने भएको छ । अब सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दसैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट परमिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्ने छन् । यस्तै सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौँसम्मको सडकमा ठुला गाडी सञ्चालनमा रोक […]
काठमाण्डाै - काठमाण्डाै उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक गाडीमा यात्रा गर्न नपाउने भएका छन् ।काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी याे निर्णय गरेको हो ।काठमाण्डाैकाे उपत्यकाको भीडभाडलाई मध्यनजर गरेर गाडी सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागू गरिएको हो । निर्णयअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई गाडी प्रवेशमा रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, गाडीको...
काठमाण्डाै – सरकारले मध्यम तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज शुक्रवार सूचना निकालेर विभिन्न परीक्षालाई ध्यानमा राखेर यसअघि तोकेका स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिक गाडी चलाउन दिने निर्णय भएको जनाएको छ ।
मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय, कक्षा १२ तथा लोक सेवा आयोगलगायतका परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षा तथा सर्वसाधारणको आवतजावतलाई सहज बनाउन काठमाण्डौ उपत्यकाका सम्पूर्ण यातायात व्यव...
काठमाण्डौ – शिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक गाडी निरन्तर चल्ने छन् । तर, दर्शनार्थीको चाप बढी भइ यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा गाडी आवागमनलाई निषेध गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यस्तै, मालबाहक गाडीलाई पनि रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ । शिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निःशुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको...