काठमाण्डाै – काठमाण्डौ उपत्यकामा भोलि साेमवारदेखि सार्वजनिक गाडी सञ्चालन हुने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बिहान बसेको बैठकले भोलिदेखि २५ सिटभन्दा ठूला सार्वजनिक गाडीलाई जोर–बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।सिट क्षमताभन्दा धेरैको सङ्ख्यामा यात्रु नराख्ने र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी ठूला गाडी चलाउन दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । सार्वजनिक गाडी बिहान ६ बजेदेखि बेलुका ७ बजे...