मास्क नलगाउने यात्रुले सार्वजनिक गाडी चढ्न नपाउने !

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक गाडीमा यात्रा गर्न नपाउने भएका छन् ।काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी याे निर्णय गरेको हो ।काठमाण्डाैकाे उपत्यकाको भीडभाडलाई मध्यनजर गरेर गाडी सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागू गरिएको हो । निर्णयअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई गाडी प्रवेशमा रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, गाडीको...

सम्बन्धित सामग्री

राजधानीमा थोत्रा गाडीको चाप, सरकारसँग छैन तथ्यांक

काठमाडौं : सरकारले २०७३ फागुन १९ गतेदेखि २० वर्षभन्दा पुराना सार्वजनिक सवारीसाधन गुडाउन नपाउने निर्णय गर्‍याे। बढ्दो प्रदूषण कम गर्न, दुर्घटना हुन नदिने उद्देश्यले सरकारले काठमाडौं र पोखरामा उक्त नियम लागू गर्ने निर्णय गरेको थियो।तर, उक्त निर्णय कार्यान्वयनमा आउन सकेन। काठमाडौं र पोखरामा अहिले २० वर्षभन्दा पुराना सार्वजनिक गाडी सञ्चालनमा छन्। अर्कोतर्फ यातायात व्यवस्था विभागसँग कुन–कुन कम्पनीका कुन सवारीसाधन २० वर्षभन्दा पुरानो हो भन्ने तथ्यांकसमेत छैन। बेखबर निकायबागमती