काठमाण्डौ - साउन १ गते अर्थात् भोलिदेखि लामो दुरीका सार्वजनिक गाडी जोर-बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ । यसबारे आज स्वास्थ्य मन्त्रालयसहित काठमाण्डौ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख र सम्बन्धित अन्य निकायको बैठक बस्दैछ ।
लामो दुरीका गाडी नचल्दा नागरिकले धेरै दु:ख पाएको भन्दै जोर-बिजोर प्रणालीमा भए पनि सार्वजनिक गाडी चलाउन दिने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । कामका लागि काठमाण्डौ आउनै पर्ने यात्रुहरुले तेब्बर-चौबर भाडा तिर्नु परेको गुनास...