मेनपावर कम्पनीले एक महिनाभित्रमा आफ्नो विवरण अपडेट गर्नुपर्ने
काठमाडौँ । वैदेशिक रोजगार विभागले मेनपावर व्यवसायीहरुलाई एक महिनाभित्रमा आफ्नो विवरण अपडेट गराउन निर्देशन दिएको छ । उनीहरूलाई आफ्नो सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा अपडेट गर्न भनेको हो ।
कतिपय
काठमाडौं । सूचीकृत कम्पनीहरूमध्ये २४ ओटा कम्पनीहरूले नेपाल धितोपत्र बोर्डलाई आर्थिक वर्ष (आव) २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएको पाइएको छ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा सूचीकृत कम्पनीहरूले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनुपर्ने व्यवस्था छ । तर, १३९ कम्पनीले मात्र समयमै विवरण बुझाएका छन् ।
समयमै विवरण बुझाउनेमा १९ ओटै वाणिज्य बैंक, १२ विकास बैंक, १३ फाइनान्स, ३ होटल तथा पर्यटन समूहका कम्पनी, ४१ हाइड्रो कम्पनी, ३ इन्भेष्टमेन्ट समूहका कम्पनी, ६ जीवन बीमा कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३१ लघुवित्त, ७ निर्जीवन बीमा कम्पनी र १–१ अन्य र ट्रेडिङ समूहका कम्पनी छन् ।
६४ कम्पनीले ढिलो विवरण बुझाएका छन् । ढिलो विवरण बुझाउनेमा १ विकास बैंक, ३ होटेल तथा पर्यटन समूहका कम्पनी, २८ हाइड्रो कम्पनी, ३ इन्भेष्टमेन्ट समूहका कम्पनी, २ जीवन बीमा कम्पनी, ४ उत्पादन तथा प्रशोधन कम्पनी, १८ लघुवित्त र ५ निर्जीवन बीमा कम्पनी छन् ।
२४ कम्पनीले हालसम्म पनि विवरण बुझाएका छैनन् । अझै विवरण नबुझाउनेमा ३ विकास बैंक, २ फाइनान्स, ११ हाइड्रो कम्पनीले, ६ लघुवित्त र १–१ अन्य र ट्रेडिङ समूहका कम्पनी छन् ।
दोहा- साउदी अरबमा जरिवानामा परेका नेपाली श्रमिकलाई विवरण टिपाउन रियदस्थित राजदूतावासले अनुरोध गरेको छ । दूतावासले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहँदा विभिन्न कारणले कम्पनी वा कफिल (रोजगारदाता) ले जरिवाना वा फाइन लगाएको भएमा दूतावासमा आफ्नो विवरण टिपाउन अनुरोध गरेको हो । रोजगारदाता वा कम्पनीले फाइन लगाएका श्रमिकको विवरण सङ्कलन गरी […]
५ साउन, काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवन बनाउने ठेकेदारले ५ करोड ५ लाख रुपैयाँ फिर्ता गरेका छन् । फर्जी कागजातका आधारमा अनियमितता गरेको विवरण बाहिरिएपछि भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले रकम फिर्ता गरेको सर्वोच्च अदालत स्रोतले बतायो । ‘उनीहरुले ज्यामीले जग खन्ने भनेर दररेट तयार गरी उपकरणबाट जग खनेका थिए, त्यसबारेमा प्रश्न उठेपछि […]
चैत ३०, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बल्ल चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा निर्जीवन व्यवसायमार्फत रू. १६ करोड ४९ लाख र जीवन व्यवसाय मार्फत रू. ७ करोड ५० लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा निर्जीवन व्यवसायतर्फको नाफा ५१ प्रतिशत घटेको हो छ भने जीवन बीमा व्यवसायमार्फत हुने नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. ३३ करोड ७८ लाख र जीबन बीमा व्यवसाय मार्फत रू. ५ करोड ४५ लाख नाफा कमाएको थियो ।
कम्पनीले पहिलो त्रैमाससम्ममा कुल रू. २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको पहिलो त्रैमाससम्ममा कुल रू.२ अर्ब ४० करोड आर्जन गरेको थियो ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. २ अर्ब ४ करोड रहेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ । कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ ।
आव २०७६/ ७७ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोड पुग्नेछ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा रू. ४ अर्ब ७७ करोड र जीबन बीमा व्यवसायतर्फको जगेडामा रू.६६ करोड ९७ लाख सञ्चित रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६०(वार्षिकीकरण) ,मूल्य आम्दानी अनुपात १३४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ९२ रहेको छ ।
काठमाडौं, २७ माघ । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)को चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले यस अवधिमा बोटलर्स नेपालले ३५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। चुक्तापुँजी १९ […]
एजेन्सी। भारतीय ध्वजाबाहक कम्पनी एयर इन्डियाका सेवाग्राहीको व्यक्तिगत विवरण चोरी भएको छ। एयर इन्डियाबाट यात्रा गरेका ४५ लाख यात्रुको विवरण चोरी भएको हो। जसमा क्रेडिट कार्डको समेत विवरण चोरी भएको बताइएको छ। यस कम्पनीको डाटा सेन्टरमा साइबर सेक्यूरिटीको हमला भएको र त्यही बेला विवरण चोरी भएको कम्पनीले बताएको छ।
एजेन्सी। भारतीय ध्वजाबाहक कम्पनी एयर इन्डियाका सेवाग्राहीको व्यक्तिगत विवरण चोरी भएको छ। एयर इन्डियाबाट यात्रा गरेका ४५ लाख यात्रुको विवरण चोरी भएको हो। जसमा क्रेडिट कार्डको समेत विवरण चोरी भएको बताइएको छ। यस कम्पनीको डाटा सेन्टरमा साइबर सेक्यूरिटीको हमला भएको र त्यही बेला विवरण चोरी भएको कम्पनीले बताएको छ।