ह्वावेले सार्वजनिक गर्यो पहिलो त्रयमासको वित्तीय विवरण, ३.८ प्रतिशतले नाफामा वृद्धि

शेन्जेन । ह्वावेले २०२१ को पहिलो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  पहिलो त्रयमासमा ह्वावेले सीएनवाई१५२.२ बिलियन राजस्व संकलन गरेको छ । जुन वार्षिक रुपमा १६.५% ले घटेको कम्पनीले जनाएको छ ।नोभेम्बर २०२०मा अनर स्मार्ट उपकरण ब्रान्ड बेचेको परिणाम स्वरूप उपभोक्ता व्यवसायको राजस्व घटेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो नेटवर्क व्यवसायले स्थिर रुपमा बृद्धि गरेको बताएको छ ।ह्वावेको नाफा ३.८ प्रतिशतले बृद्धि भएको बताएको छ । जसमा वार्षिक ११.१% मा बृद्धि भएको जुन कम्पनीको संचालन र व्यवस्थ

सम्बन्धित सामग्री

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा ७६ प्रतिशतले वृद्धि

काठमाडौँ – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य छलाङ मारेको छ। कम्पनीले ०८०/८१ को प्रथम त्रैमासमा १३ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३९ लाख ९६ हजार रुपैयाँ मात्रै […]

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३३० प्रतिशतले वृद्धि

जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक् वर्षको तेस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएकोे छ । कम्पनीका अनुसार यस त्रैमासको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ४८ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको […]

दोस्रो त्रैमासमा बोटलर्स नेपालका दुबै कम्पनीको नाफामा वृद्धि

माघ २७, काठमाडौं । बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार दुबै कम्पनीको नाफामा वृद्धि भएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल बालाजुले रू.३५ करोड ८४ लाख नाफा कमाएको छ । उक्त कम्पनी गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड २२ लाख नोक्सानीमा रहेको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफामा सुधार आएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन आम्दानी रू. ३ अर्ब ६० करोड रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ अर्ब ७५ करोड पुगेको हो । त्यसैगरी कम्पनीको नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.७ ऋणात्मक रहेकोमा चालू आवको सोही अवधीमा रू.१७० धनात्मक भएको हो । कम्पनीको चुक्तापूँजी रू. १९ करोड ४८ लाख रहेको छ भने जगेडामा रू. ४ अर्ब ३५ करोडभन्दा बढी सञ्चित रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २ हजार ४१३ रहेको छ ।  त्यसैगरी बोटर्लस नेपाल तराईले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३० करोड २२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १३ दशमलव ६७ गुणाले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड २० लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ५५ करोड सञ्चालन आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३ अर्ब ४५ करोड पुगेको छ ।  कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २५० पुगेको हो । उक्त कम्पनीको चुक्तापूँजी रू. १२ करोड १० लाख रहेको छ भने जगेडामा रू. २ अर्ब ८८ करोड सञ्चित रहेकोे छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २ हजार ४८६ रहेको छ ।

घलेम्दी हाइड्रोको नाफामा वृद्धि

घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त विवरण अनुसार कम्पनीको नाफामा वृद्धि देखिएको छ । समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको मुनाफा ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक थियो । […]

ज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको २०७८/०७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।अघिल्लो आवको सोही अवधिको तुलनामा यस आवको पहिलो त्रैमासमा कुल बिमा शुल्कमा ५० प्रतिशतले वृद्धि भइ ८१.७८ करोड आर्जन गरेको छ । कम्पनीले कुल लगानी रकममा ८२ प्रतिशत ले वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशतले वृद्धि गर्दै ९.२३ […]

ज्योतिलाइफ इन्स्योरेन्सको जीवन बीमा कोष शतप्रतिशत वृद्धि

घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासमा कूल बीमा शुल्कमा ५० प्रतिशत वृद्धि भई ८१.७८ करोड रुपैयाँ आर्जन गरेको देखिएको छ । कम्पनीले कुल लगानी रकममा ८२ प्रतिशत वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशत वृद्धि गर्दै  ९.२३ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । व्यवसाय तथा लगानी वृद्धि र सञ्चालन खर्चमा सन्तुलन लगायत का...

ज्योतिलाइफ इन्स्योरेन्सको जीवन बीमा कोष शतप्रतिशत वृद्धि

घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासमा कूल बीमा शुल्कमा ५० प्रतिशत वृद्धि भई ८१.७८ करोड रुपैयाँ आर्जन गरेको देखिएको छ ।कम्पनीले कुल लगानी रकममा ८२ प्रतिशत वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशत वृद्धि गर्दै  ९.२३ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । व्यवसाय तथा लगानी वृद्धि र

एनआईसी एशिया बैंकको नाफामा बृद्धि, यस्तो छ दोस्रो त्रैयमासको वित्तीय विवरण

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रयमासमा वार्षिक प्रति सेयर आम्दानी रू. ३५.७३ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको सोही अवधीको तुलनामा २.२ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई रू. २ अर्ब ६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकको स्व–पुँजीमा प्रतिफल २२.६६ प्रतिशत रहेको छ । जुन मुलुकका वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।बैंकको यस दोस्रो त्रयमाससम्ममा कर्जातर